Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सहमहामन्त्री मतगणना : महिलातर्फ डिनाको अग्रता

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता लिएकी छन् । एक हजार मत गणना हुँदा डिनाले ५३७ मत ल्याएकी छन् ।

उनकी प्रतिद्वन्द्वी कमला पन्तले ४५७ मत ल्याएकी छन् । जुन डिनाभन्दा ८० मतले पछि हो । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको हो । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन् । त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन् । अरु ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077