Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस उपसभापतिमा २ मतले हारेपछि पुनः मतगणना गर्न गच्छादारको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता विजय गच्छदारले उपसभापति पदको मत पुनः गणना गर्न माग गरेका छन्।

उपसभापतिमा २ मतले हारेपछि उनले मत परिणामप्रति असहमति जनाएका हुन्। शेरबहादुर देउवा पक्षका उम्मेदवार गच्छदारले शेखर कोइराला प्यानलका उम्मृदवार धनराज गुरुङसँग २ मतले हारेका छन्।

यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिए पनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन।

शेखर कोइराला प्यानलका धनराज गुरुङ १९०८ मत ल्याएर विजयी भएका छन् । गच्छदारले भने १९०६ मत प्राप्त गरेका छन्। खड्काले २१२१ मत प्राप्त गरेका छन्।

यसअघि धनराजले पनि सय मत पुनः गणना गराएका थिए। बुधबार उपसभापति पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077