काठमाडौं । नेपाल प्रहरीले सुनजन्य पदार्थसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा तव्हीदुल तानविर, एमडी गूनुस अली, सोभन तलुदार, जहीदुल इस्लाम, एमडी मिराजुल इस्लाम रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो रङको धातु, चेनरोल, औँठी र चुरालगायत १३ सय ११ ग्राम वस्तु बरामद गरिएको छ। वंगलादेशी नागरिकलाई त्रिभुवन एयरपोर्टको ह्याण्डब्याग चेकिङ एरियाबाट नियन्त्रणमा लिइएको हो।
उनीहरु दुबईबाट नेपाल हुँदै बंगलादेश जान लागेको पाइएको छ। हाल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।