Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कोइराला क्याम्पको कम्ब्याक

    कोइराला क्याम्पको कम्ब्याक

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै काँग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ ।

    १३औं महाधिवेशनमा काँग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा. शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काँग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।



    काँग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । काँग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।



    तर, सो बखत उनी सभापतिमा शेरबहादुर देउवासँग पराजित मात्रै बनेनन् काँग्रेसको संस्थापन समूहको जिम्मा देउवाको हातमा प¥यो । त्यसबखत सभापतिमा देउवा निर्वाचित बनेसँगै इतर समूहको नेतृत्व पौडेलको हातमा गयो भने कोइराला परिवारका नेताहरू पौडेलले नेतृत्व गरेको समूहभित्र परे ।

    तर, मंगलबार १४औं महाधिवेशन सकिएलगत्तै १३औं महाधिवेशनबाट कोइराला परिवारबाट बाहिरिएको काँग्रेसको एउटा समूह फेरि कोइराला परिवारकै हातमा पुगेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार