Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सभापतिको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणमा सभापति लडेका थिए । पछि कम मत ल्याउने तीनै जनाले देउवालाई समर्थन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077