Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देउवालाई तीन जनाको समर्थन हुँदा पनि शेखरले कसरी बढाए मत ? दोस्रो चरणमा ११५ मत बढी ल्याए

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग दोस्रो चरणमा पराजित भएका डा. शेखर कोइरालाले मत बढाए ।

दोस्रो चरणमा ४५६२ मत खसेकोमा ७६ मत बदर भएको थियो ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत ल्याउँदा कोइरालाले १७०२ मत ल्याएका थिए ।

त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले मात्रै २२ मत ल्याएका थिए ।

दोस्रो चरणमा सिंह, निधि र गुरुङ तीनै जना उम्मेदवारले देउवालाई समर्थन गरे । तर, तीन जनाको समर्थनका बाबजुद पनि शेखरले ११५ मत बढाएका हुन् ।

देउवाले २ हजार ७२४ मत ल्याए भने कोइरालाले १ हजार ८१७ मत ल्याए । त्यस्तै, ३३ मत बदर भएको थियो । कोइराला ९०७ अन्तरले पराजित हुन पुगे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077