Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक निर्वाचित बनेका छन्  । डा.शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन  ।
१४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनमा खसेको चार हजार ६ सय २३ मतमध्ये देउवाले दुई हजार सात सय ३३ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिस्पर्धी शेखर कोइरालाले जम्मा १८५५ मत ल्याए । त्यस्तै ३५ मत भने बदर भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

पहिलो चरणमा तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रोचरणमा देउवालाई समर्थन गरेका थिए । पहिला देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077