Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु, देउवाले हाले मत

    कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु, देउवाले हाले मत

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।

    सभापति पदमा दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजे शुरु भएको छ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् ।



    राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ ।



    प्रधानमन्त्री शेरबहादुर देउवा भन्दा अघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।

    १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो ।

    दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् । देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार