Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चाक्सीबारी पुगेर प्रकाशमानलाई आफ्नो पक्षमा ल्याए देउवाले, दोस्रो चरणमा जीत पक्का

    चाक्सीबारी पुगेर प्रकाशमानलाई आफ्नो पक्षमा ल्याए देउवाले, दोस्रो चरणमा जीत पक्का

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् ।

    सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् ।



    यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए ।



    दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुने छ । त्यसैले तेस्रो स्थानमा रहेका प्रकाशमानलाई आफ्नो पक्षतिर तान्न देउवा र कोइराला प्रयासरत छन् ।

    भेटका क्रममा नेता सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने जनाएका छन् । देउवासँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने–‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं । नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार