Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • अपडेट : ९५० मतगणना, देउवा र शेखरले कतिकति मत पाए ?

    अपडेट : ९५० मतगणना, देउवा र शेखरले कतिकति मत पाए ?

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको अहिले मतगणना भइरहेको छ।

    हालसम्म ९५० मतगणना भएको छ । प्राप्त परिणाम अनुसार ४५६ मत प्राप्त गरेका छन् । यस्तै शेखर कोइरालाले ३५७ मत ल्याएका छन् ।



    मतदान सोमबार राति साढे ११ बजे सकिएको भएपनि गणना भने मंगलबार विहान ४ बजेर ५ मिनेटबाट मात्रै सुरु भएको थियो । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।



    सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार