Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत सई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एकजना प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा विष्णु प्रसाद ढुंगाना रहेका छन्।

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत भएको भन्दै केस मिलाउन रकम असुल्न खोजेको आरोप छ। मुद्धा मिलाइदिने भन्दै एक व्यापारीसँग पैसा लिन लाग्दा उनी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध ‘अपराधी लाभ’ विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ। सो मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

अनुसन्धानका क्रममा ढुंगानाले केही दिनअघि मात्र काठमाडौँका एकजना व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको पाइएको छ। आइतबार अर्का व्यापारीसँग उनी पैसा लिन गएका थिए। ढुंगाना केन्द्रीय अनुसन्धान ब्युरोको आर्थिक अपराध अनुसन्धान गर्ने शाखामा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077