Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस निर्वाचन : ६ बजेसम्म २८०९ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ ६ बजेसम्म दुई हजार ८०९ मत खसेको छ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ। बिहान ८ बजे मतदान हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको थियो।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन्।

राति ९ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ। कांग्रेस महाधिवेशनमा ४७ सय ४३ मतदाता छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077