Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदानको मुखैमा रामचन्द्र पौडेलले गरे अर्को कठोर निर्णय

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले पार्टी नेतृत्व चयनका हुने तय मतदानको मुखैमा अर्को कठोर निर्णय गरेका छन्। यसअघि चुनावी प्रतिस्पर्धाबाट टाढा रहने निर्णय गरेका उनले हाल अर्को निर्णय गरेका हुन्।

लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका पौडेलले १४औँ महाधिवेशनमा मतदान नगर्ने भएका हुन्। पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले पनि यसको पुष्टि गरेका छन्।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकाङ्क्षी थिए। तर सहमति जुट्न नसकेपछि पौडेलले सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएर मतदानमा नै सहभागी नहुने घोषणा गरेका छन्।

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए। देउवालाई आफूलाई सहयोग गर्न वा अरूहरूको पक्षमा नखुल्न आग्रह गरेका थिए। देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए। यता सभापतिका आकांक्षी शेखर कोइरालाले पौडेल र शशांकको साथ आफूहरुलाई रहेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077