काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्दै पौडेल र महामन्त्री शशांक कोइरालाको साथ आफ्नो प्यानललाई भएको बताएका छन्।
आइतबार साँझ भएको पत्रकार सम्मेलनमा उनले पौडेल र कोइरालाको आशिर्वाद आफूहरुले प्राप्त गरेको बताए। आफूहरुको सिंगो प्यानललाई पौडेल र शशांकको आशीर्वाद रहेको बताएका हुन्।
पत्रकार सम्मेलनमा उनले भने, ‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ।’
शेखरले अघि भने, ‘वरिष्ठ नेता र महामन्त्रीको आशीर्वाद हामीले प्राप्त गरेका छौँ। हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ।’