Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'प्रधानमन्त्रीबाट हटाउन होइन सभापतिमा हराउन मेरो उम्मेदवारी'

काठमाडौं । नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउन नभई सभापतिमा हराउन भएको बताएका छन् ।

महाधिवेशनअन्तर्गत मतदानको पूर्वसन्ध्यामा जनसम्पर्क समितिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धनको सरकारलाई सघाउने बताए ।

उनले सभापतिमा चुनाव हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको पनि बताए ।

कोइरालाले भने–‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस् । सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’

कोइरालाले अघि भने–‘म त अझ के भन्छु भने नेतृत्व परिर्वतन हुन्छ, हुन्छ हुन्छ । तर त्यो नेतृत्व परिर्वतनले गठबन्धन सरकार अझ दरिलो भएर जान्छ । हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं, गर्दा पनि गर्दैनौं ।’

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापतिका प्रमुख प्रत्यासी एवं प्रधानमन्त्री देउवाले ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् त्यसैले जिताउनुस्’ भन्दै मतदातासँग भोट मागेका थिए ।

उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्तसमेत दिएर पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर प्रश्न गर्छन् भन्दै आफूलाई जिताउन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077