Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भृकुटीमण्डपमा प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिए सभापति देउवाले

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिहरुसँगै लाइनमै बसेर खाना खाएका छन् ।

महाधिवेशनमा सभापतिका लागि देउवासँग डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा छन् ।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्यका १३ जना पदाधिकारीसहित १३४ पदका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् ।

पदाधिकारीमा सभापतिका प्रत्यासी युवराज न्यौपाने र सहमहामन्त्रीका प्रत्यासी सुरेन्द्रप्रसाद चौधरी तथा ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077