काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि पुनः एकपटक जिताउन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् ।
लैनचौरस्थित एक बैंक्वेटमा आदिवासी जनजाती विभागले कांग्रेसको १४औं महाधिवशेन प्रतिनिधित्व गर्न आदिवासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा उनले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका थिए ।
सम्बोधनका क्रममा उनले भने–‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् । त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’