Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जसले महामन्त्रीका लागि मरिहत्ते गरे तर पाएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ६ जानाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्। संस्थापन समूहबाट प्रदीप पौडेल र प्रकाशशरण महतले अवसर पाए।

यसो त पौडेल कृष्णप्रसाद सिटौला समूहका हुन्। महाधिवेशनलाई देउवालाई सघाएबापत सिटौलाले पौडेलाई महामन्त्रीको उम्मेदवार ठड्याए। पौडेलले अवसर पाउँदा देउवाका सारथीहरु रुष्ट भए।

महामन्त्रीका दाबी गरिरहेका हस्तीहरुले अन्तिममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिए। देउवा समूहबाट महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपि साउद र रमेश लेखकले दाबी गरेका थिए तर पाएनन्। खाँणले त महामन्त्रीका लागि सरकारको गृहमन्त्री पनि त्याग्ने समेत बताएका थिए।

तर महाधिवेशनको रस्साकस्सीबारे अगाडि नै सोचेका देउवाले सरकार गठनका क्रममा केही नेतालाई जबरजस्ती गर्न नमिल्ने गरी थन्काएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077