Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिटौलालाई प्रस्तावक बनाएर सभापतिमा उम्मेदवारी दर्ता गराए देउवाले

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा फेरि सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आफ्नो प्यानल फाइनल गरेलगत्तै उनले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा कृष्णप्रसाद सिटौला र बालकृष्ण खाँड रहेका छन् ।

देउवाले आफ्नो फेसबुकमा समेत उम्मेदवारी दर्ता गराएको जानकारी गराएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदबारी दिएको छु । कांग्रेसलाई बलियो बनाउदै आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।
जय नेपाल ।’

मनोनयन दर्ताका लागि देउवा दलबलसहित सभागृहमा पुगेका थिए । देउवाको दर्तासँगै कांग्रेस सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077