Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन

    सभापतिका पाँच प्रतिस्पर्धी : देउवा, सिंह, कोइराला, निधि र गुरुङको प्यानलमा को–को (नामसहित)

    सभापतिका पाँच प्रतिस्पर्धी : देउवा, सिंह, कोइराला, निधि र गुरुङको प्यानलमा को–को (नामसहित)

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा र नेताद्वय प्रकाशमान सिंह तथा शेखर कोइराला नेतृत्वको तीनवटै प्यानलले उम्मेदवार दर्ता गरेको छ ।

    कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । देउवाको प्यानलको उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् ।



    त्यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्ने भएका छन् ।



    त्यस्तै सभापतिमा उम्मेदवारी दर्ता गराएका प्रकाशमान सिंहको प्यानलमा अहिलेसम्म उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

    यता, कोइराला प्यानलको उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बनेका छन् ।

    चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका हुन् ।

    सभापति पदमा उम्मेदवारी दर्ता गराएका विमलेन्द्र निधिले भने आफ्नो टीम भने बनाएका छैनन् ।

    त्यसैगरी सबैभन्दा पहिले नै सभापतिमा उम्मेदवारी दर्ता गराएका कल्याण गुरुङले पनि आफ्नो प्यानल बनाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार