Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोइराला टिमको महामन्त्रीमा रिजाल र थापा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा सभापतिका उम्मेदवार बनेका शेखर कोइरालाको टिमबाट रक्षामन्त्री समेत रहेका डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको हो ।

कांग्रेसमा दुइ महामन्त्री हुने प्रावधान छ । पौडेल पक्षको बैठकले दुइ महामन्त्री पदका लागि रिजाल र थापालाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारेको हो।

यसअघि शर्मा सभापति शेरबहादुर देउवाको प्यानलमा नपरेका पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएर डा. रिजाललाई उपसभापति बनाउने तयारी थियो । तर, डा. रिजालले नमानेपछि यस्तो टिम बनेको हो ।

कोइराला टिमको उपासभापतिमा भने चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् ।

यता, सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077