Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला बने पौडेल पक्षबाट सभापतिका उम्मेदवार

काठमाडौं । सभापतिबाट ‘ब्याक’ भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति पदका लागि शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा पौडेल पक्षको शनिबार बसेको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।

त्यस्तै उक्त समूहले उपसभापतिका लागि महेश आचार्यलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । महामन्त्री पदमा भने गगन थापाको उम्मेदवारी पक्का भएको छ ।्

नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077