Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाको ‘अफर’ लाई अस्वीकार गरे शशांकले, शेखरलाई सभापतिमा उठाउँदै

काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो उपसभापति बस्न गरेको ‘अफर’ (आग्रह)लाई महामन्त्री शशांक कोइरालाले अस्वीकार गरेका छन् । सभापति देउवाले शशांकलाई मनाउन आफूनिकट नेताहरूलाई कोइराला निवास पठाएका थिए ।

आफ्नै घरमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैंठक चलिरहेका बेला कोइराला बालुवाटार आएका थिए । बालुवाटारमा सभापति देउवाले उपसभापतिको प्रस्तावसहित आफ्नो टिममा आउन गरेको आग्रहलाई महामन्त्री शशांकले अस्वीकार गरेको स्रोतको भनाई छ ।

यसअघि सभापतिका आकांक्षी रहेका शशांकले सहमतिका लागि भन्दै आफ्नो दाबी छाडेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

सुरुमा सभापतिका लागि शशांकसहित शेखर कोइराला, प्रकाशमान सिंह र रामचन्द्र पौडेलको दाबी रहे पनि अहिले शेखर र प्रकाशमानबीच कुरा अड्किएको छ । यद्यपी पौडेल पक्षले भने शेखर कोइरालालाई समर्थन गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077