Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • देउवाको टिममा नपरेका विश्वप्रकाशलाई शेखरको टीममा महामन्त्रीको प्रस्ताव

    देउवाको टिममा नपरेका विश्वप्रकाशलाई शेखरको टीममा महामन्त्रीको प्रस्ताव

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टिमको महामन्त्रीमा नपरेका पार्टी प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मालाई पौडेल समूहले महामन्त्रीको प्रस्ताव गर्ने भएको छ ।

    संस्थापन इतर समूहमा सहमति नजुटेपछि सभापतिको आकाक्षीबाट ‘ब्याक’ भएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । तर, डा. शाशंक कोइराला भने देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।



    कोइराला समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का भइसकेका छन् । तर अर्को महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाशलाई ल्याउने भन्ने छलफलमै छ ।



    केही नेताले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भयो भन्दै डा. रिजाललाई उपसभापति लड्न आग्रह गरेका छन् । तर, रक्षामन्त्री समेत रहेका रिजाल त्यसमा सहमत छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार