Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा–कोइरालाबीच गठनन्धनको प्रयास, शशांकलाई उपसभापति बन्न आग्रह

काठमाडौं । सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुलाई घरमै राखेर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका महामन्त्री डा. शशांक कोइरालालाई देउवाले आफ्नो उपसभापनि बन्न आग्रह गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । देउवाले यसअघि नै उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागाइसकेका छन् । अब कोइरालाले उपसभापति बन्ने आकांक्षा देखाए भने देउवाले कसलाई ‘ब्याक’ गराउने हुन् त्यो भने खुलेको छैन ।

आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् ।

कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् ।

अहिलेसम्मको अवस्था हेर्ने हो भने नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । यो समाचार तयार पर्दासम्म सभापतिमा शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077