Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा, सिंह, काेइराला र निधिलाई टक्कर दिन कल्याण गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गुरुङले मनोनयन दर्ता गर्ने समय सुरु भए लगतै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । गुरुङ केन्द्रीय सदस्य हुन् ।

उनले परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेको बताए । अहिलेसम्म समापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर काेइराला र प्रकाशमान सिंह आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077