Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पुनः छलफलमा जुटेको छ। सभापतिको साझा उम्मेदवार छान्नका लागि नेताहरु भेला भएका हुन्।

पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रम सकिएपछि पौडल समूहका सभापतिका आकांक्षीहरु बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा जम्मा भएका छन्। बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ।

नेता गगन थापाले आजको बैठकबाट सभापतिको उम्मेदवार टुंग्याइने बताए। बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको छ।

प्रकाशमान सिंह कुनै पनि हालतमा पछि नहट्ने पक्षमा छन्। पौडेल र शशांक त्याग गर्न तयार देखिएका छन् भने शेखर पौडलको नाममा सहमति गर्न तयार भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077