Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीबाट देश जोगाए, अब कांग्रेस जोगाउन मलाई जिताउनुस्: सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताले एमाले अध्यक्ष केपी ओलीको शासनबाट मुक्ति पाएको छन् ।

शुक्रबार साँझ १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री समेत रहेका देउवाले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।

कार्यक्रममा छोटो सम्बोधन गरेका सभापति देउवाले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु,’ देउवाले  भने ।

सभापति देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडलले जाडोका कारण सम्बोधन गर्न पनि नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077