Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वडीआईजी खरेलद्वारा 'नेपाल सुशासन' नामको नयाँ पार्टीको घोषणा

काठमाडौँ । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी गठन गरेका छन् ।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले नेपाल सुशासन पार्टीको गठन गरेका हुन् ।

खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने उद्देश्यले पार्टी गठन  गरेको बताए।

अहिलेसम्म खरेलले नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका थिए।

पार्टी घोषणा कार्यक्रममा खरेलले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको उल्लेख गरे।




‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौं,' खरेलले भने, 'अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौं ।'


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077