Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोकतन्त्रको रक्षाका लागि कांग्रेसले व्यवहार र शैलीमा परिवर्तन गर्नुपर्छ: नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् ।

यसका लागि नेतृत्व बलियो बन्नुपर्ने सिटौलाको भनाइ छ । नेता सिटौलाले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे ।

पूर्वमहामन्त्री सिटौलाले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077