Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्राप्त उपलब्धिहरुमा सामूहिक देन छ, एक्लै हिँडेर अहंकार नगरौं: प्रचण्ड

    प्राप्त उपलब्धिहरुमा सामूहिक देन छ, एक्लै हिँडेर अहंकार नगरौं: प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् ।

    शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हाँसिल गरेको बताउँदै आगामी दिनमा पनि कसैले अहंकार गर्न नहुने बताए।



    ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो, ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने ।



    कार्यक्रममा अध्यक्ष प्रचण्डले  नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको समेत बताए। \

    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार