Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्राप्त उपलब्धिहरुमा सामूहिक देन छ, एक्लै हिँडेर अहंकार नगरौं: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हाँसिल गरेको बताउँदै आगामी दिनमा पनि कसैले अहंकार गर्न नहुने बताए।

‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो, ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले  नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको समेत बताए। \

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077