काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।
‘अघिका एक जना बक्ताले (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’
[insert page='102647' display='yopanipadhnuhos.php']
शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको स्मरण गरे।
यस्तै, अध्यक्ष प्रचण्डले भाजपाका नेतालाई समेत जवाफ दिँदै नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अचम्मको चलन भएको बताए।