Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भाजपाका नेतालाई प्रचण्डको जवाफ- नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए ।

[insert page='102639' display='yopanipadhnuhos.php']

त्यसकै जवाफ दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसका दीवंगत नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै बिस्तृत शान्ति सम्झौताको स्मरण समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077