Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भाजपाका नेतालाई प्रचण्डको जवाफ- नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ

    भाजपाका नेतालाई प्रचण्डको जवाफ- नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन छ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।

    भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए ।



    त्यसकै जवाफ दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् ।



    कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसका दीवंगत नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै बिस्तृत शान्ति सम्झौताको स्मरण समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार