काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका हुन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी समेत दिए ।
यस्तै, अध्यक्ष नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताउँदै सबैमा सावधान हुन आग्रह समेत गरेका छन् ।