Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल-भारतबीचको सम्बन्ध समधुर बनाउन चाहन्छौं: मुकुल वासनिक

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल-भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए।

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष साेनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।

यसअघि भाजपाका हर्षवद्र्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताएका थिए । नेता हर्षवद्र्धनले नेपाल-भारत सम्बन्ध आलौकिक भएको समेत बताए ।

‘कोरोना रोकथाममा पनि भारतले सहायता प्रदान गर्‍यो । नेपाल र भारत सम्बन्ध प्रगाढ छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077