Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महाधिवेशन उद्घाटन सञ्चालनको जिम्मा प्रवक्ता शर्मालाई

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ ।

उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।

शर्मा कांग्रेसको सञ्चार विभागका संयोजक समेत हुन् । स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । शर्माले यस महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा समेत गरेका छन्।

कार्यक्रममा सहभागी जनाउन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077