Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: रामचन्द्रलाई फोन गर्दै विमलेन्द्रले भने- भृकुटीमण्डप आउनुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्।

निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार महाधिवेशनको उद्घाटन कार्यक्रममा वरिष्ठ नेता पौडेल नआउने हल्ला सुनेपछि नेता निधिले फोन गरेर आउन आग्रह गरेका हुन्।

निधिले फोनमा उद्घाटनमा आउनुहोस् भनेर फोन गर्नु भएको थियो, दाहालले भने,' उहाँले म आउँछु भन्नु भएको छ ।'

निधिले यसअघि आज बिहानको एक कार्यक्रममा पनि सभापतिमा सबैले पौडेललाई समर्थन गर्नुपर्ने बताएका थिए । निधि स्वयम् पनि सभापतिका उम्मेदवार हुन् । उनले यसअघि नै सभापतिमा उम्मेदवारीको घोषणा गरिसकेका छन्।

आज दिउँसो पार्टीको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077