Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको निम्तो स्विकार्दै ४ विदेशी पाहुना काठमाडौं ओर्लिए

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुन ४ विदेशी पाहुना काठमाडौं आएका छन्।

कांग्रेसको निम्तो स्विकार गर्दै ४ भारतीय नेताहरु काठमाडौं ओर्लिएका हुन्। कांग्रेसले विभिन्न देशका राजनीतिक दलहरूलाई निम्त्याए पनि कोभिड–१९ को नयाँ भेरियन्टका कारण धेरै जसो देशबाट प्रतिनिधिहरू नआउने भएका छन्।

छिमेकी मुलुक भारतबाट दुई राजनीतिक दलका नेताहरू महाधिवेशनमा भाग लिन आएका हुन्।

भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसको महाधिवेशन भोली दिउँसो १ बजे उद्घाटन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077