Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले बढायो प्रदेशमा पदाधिकारीको संख्या

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारीहरुको संख्या बढाएको छ ।

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यसअघिको पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याएको हो।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहनेछन् ।

त्यस्तै बैठकले प्रदेश समितिको संख्यासमेत बढाएको छ । जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।

त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन र वार्ताका लागि देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकालको कार्यदल बनाएको प्रवक्ता महराले जानकारी दिए।

यसैगरी बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग समेत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077