Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा अर्थ मन्त्रालयका शाखा अधिकृतविरुद्ध १ करोड ६४ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वबप्रसाद थपलियाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार थपलियाविरुद्ध आयोगले १ करोड ६४ लाख ८९ हजार विगो कायम गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार थपलियाले ३५ वर्षको अवधिमा सरकारी सेवामा रहँदा अकुत सम्पत्ति आर्जन गरेका थिए । २०४० फागुन ६ गते सरकारी सेवामा प्रवेश गरेका थपलिया २०७५ चैत ३० मा सेवा निवृत्त भएका थिए । यो अवधिमा उनको वैध आय १ करोड २ लाख ८२ हजार मात्रै थियो । तर, उनले २ करोड ६७ लाख ७१ हजार खर्च तथा लगानी गरेको अनुसन्धानमा खुल्न आएको अख्तियारले जनाएको छ।

आरोपित थपलियाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ती श्रीमती मुना पन्त थपलियाको नाममा राखेको समेत अख्तियारको आरोपपत्रमा उल्लेख छ।

मुनालाई प्रतिवादी बनाएको मुद्धामा थपलियाको आयभन्दा १ करोड ६४ लाख ८९ हजार बढी सम्पत्ति गैर कानुनीरुपमा आर्जन गरेको पुष्टि भएको अख्तिायरको दाबी छ ।

थपलियाविरुद्ध भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम सजायको व्यवस्था र स्रोत नखुलेको सम्पत्ति जफतको माग गर्दै अख्तियारले मुद्धा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077