Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापतिको दौडबाट पछि नहट्ने सिंहको अडान, पौडेल थप संकटमा

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने अडान राखेका छन् ।

बिहीबार काठमाडौंको बानेश्वरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीभित्रको शक्ति राजनीतिका कारण कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको बताए।

नेता सिंहले पार्टीलाई विधि विधानअनुसार चलाउन र समावेशी रुपमा अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए ।

पाटीलार्ई विधिसम्मत संस्थागत रुपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने सिंहको भनाइ छ।

सिंहको यो अभिब्यक्तिपछि सभापतिका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडललाई थप संकट निम्तिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077