काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने दाबी गरेका छन् ।
बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा सभापति देउवाले सकभर सहमतिमै नेतृत्व चयन गरिने बताए ।
‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला, सभापति देउवाले भने, ‘प्रतिस्पर्धामा जितहार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ।’
यस्तै, सभापति देउवाले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने बताए।
१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ छ।
Leave a Reply