Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कांग्रेस महाधिवेशन: प्रकाशमानले दाबी छाडेमा रामचन्द्रलाई समर्थन गर्ने शेखरको प्रतिबद्धता

    कांग्रेस महाधिवेशन: प्रकाशमानले दाबी छाडेमा रामचन्द्रलाई समर्थन गर्ने शेखरको प्रतिबद्धता

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले अर्का प्रत्यासी प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् ।

    स्रोतका अनुसार बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेका कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् ।



    शेखरले सबैको साझा उम्मेदवार पौडेल हुने भने आफूले दाबी छाड्ने तर यदी सिंहले दाबी नछाडे आफूलाई समर्थन गर्न पौडेललाई आग्रह गरेको स्रोतको भनाइ छ।



    ‘तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु’, बोहोराटारमा शेखरले भने,’ तर, प्रकाशमानले छाड्नु भएन तपाईंले मलाई सहयोग गर्नुहोस् ।’

    यसअघि बुधबार दिनभर भएको छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल राजनीतिबाटै बिदा गर्दिनुस भन्ने भावक अभिव्यक्ति दिएर चाक्सीबारीबाट बिदा भएका थिए ।

    पछिल्लो समय पौडेल समूहका सभापतिका आकांक्षीहरुबीच सहमति हुन  सकेकको छैन। सभापतिमा नेता पौडेल, शेखर, सिंह र शशांकले दाबी गर्दै आएका छन्। तर, शशांकले सभापतिबाट ब्याक हुँदै पौडेललाई समर्थन गर्ने जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार