Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेस सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डाहरु

    कांग्रेस सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डाहरु

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 5.3K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छिन्। पूर्वसांसद पनि रहेकी डिनाले संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा समूहबाट उम्मेदवारीको घोषणा गरेकी हुन्।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाबाट ग्रिन सिंग्नल पाएपछि डिना सहमहामन्त्रीका लागि अघि बढेकी हुन्। उनले पार्टीभित्र महिलाको समान उपस्थितिका पनि आका पनि आफूले उम्मेदवारी घोषणा गरेको बताएकी छिन्।



    ‘पहिलोपटक पार्टीभित्र निर्वाचित भएर आउँदा केन्द्रीय समितिमा दुईजना मात्र महिलाको उपस्थिति थियो। दुईबाट ६ जना बनायौं। त्यसपछि एक तिहाइ महिलाको सुनिश्चिततका लागि विधान समितिमा बसेर पटकपटक सशक्त आवाज उठाउँदै आएको छु,’ उनले भनिन्, ‘नेपाली कांग्रेसको जुन सिद्धान्त र आदर्श छ, यसलाई निरन्तरताका रूपमा गन्तव्यमा पु¥याउन नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारी छ, त्यसलाई निर्णायक तहमा पु¥याउने काममा निरन्तर लागिपरेकी छु। त्यसका लागि पनि मेरो उम्मेदवारी हो।’



    डिनाले पदाधिकारीमा रहदा नेतृत्वलाई दवाब दिन सहज हुने भएकाले आफू अघि बढेको बताइन्।

    राजनीतिक यात्रा

    नेपाली कांग्रेसको राजनीतिमा लागेकी डिना विभिन्न कालखण्डमा जेल जीवनदेखि मन्त्रीसम्म बनेकी छन्। राजनीतिक पृष्ठभूमिकी डिनाका हजुरबुवा उदयनाथ अधिकारी नेपाली कांग्रेस चितवनका संस्थापक सभापति थिए।

    राजनीति गरेकै आधारमा अधिकारी पटकपटक जेलमा समेत परेका थिए। घरकै मुल व्यक्ति राजनीतिमा लागेकाले अन्य सदस्यहरुलाई राजनीति बुझ्न त्यति असहज भने भएन। उदयनाथ जेलमा रहदा उनको घरमा राजनीतिक बिषयमा नै चर्चा हुने गर्दथ्यो।

    डिना मात्र होइन उनका दाजुदिदीहरू पनि नेविसंघको सक्रिय राजनीतिमै थिए। जव डिना काठमाडौंको पद्मकन्या क्याम्पस भर्ना भइन त्यो बेला नेपालमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहेको थियो। नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गरिरहेको थियो।

    उक्त आन्दोलनमा डिना पनि सकृय भएर लागेकी थिइन्। पञ्चायत शासनको अन्त्य र प्रजातन्त्र पु्नर्बहालीको आन्दोलनमा डिना सकृय भइन। त्यसबाट राजनीति अझ नजिकबाट बुझ्ने अवसर मिलेको डिनाको भनाई छ।

    २०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा पनि अग्रपन्थिमा रहेर काम गरेको अनुभव उनिसंग छ। सत्याग्रहमा लागेका बेला उपाध्याय जेलमा समेत परेकी थिइन्। जेलमा रहदा गिरीजा प्रसाद कोइराला, नोना कोइराला, सुशिल कोइराला र शैलजा आचार्य लगायतका नेताहरुसंग उनको भेट भएको थियो।

    जेलमै रहँदा महिलाका हिंसा र महिलामाथी हुने विवेदबारे नजिकबाट बुझ्ने अवसर मिलेको उनको भनाई छ। उनमा महिलाका सवालमा काम गर्ने हुटहुटी त्यही बाट सुरु भयो। सत्याग्रको समयमा जेल पर्ने डिना परिवारकी एक्ली सदस्य भने थिइनन्। फरकफरक स्थानमा उपाध्यायका हजुरबुवा, हजुरआमा, मामाहरु समेत गरी १२ जना आफन्त जेलमा रहेका थिए।

    जेलबाट बाहिर निस्किएपछि उनि फेरी राजनीतिमै सकृय भइन्। जेलमा छँदा शैलजा आचार्यको स्कुलिङ र गिरीजाप्रसाद कोइरालालगायतका नेताहरुको विचारबाट प्रभावित उनि अझ जिम्मेवार ढंगले अगाडी बढीन्। फलतः २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचित भइन्।

    बहुदलसंगै दलीय राजनीतिको विकास र पार्टीका संरचनाहरु निर्माण हुन थाले। नेपाली कांग्रेस पार्टीको गाविस, नगरपालिका, क्षेत्रिय समिति सबै गठन प्रकृया र विधानका सवै संरचनाहरुलाई संगठन गर्ने क्रममा स्व.मगंलादेवि सिंहले उनलाई नेपाल महिला संघ मकवानपुरको संस्थापक सभापति बनाएकी थिईन।

    उनको राजनीतिक यात्रा अगाडी बढ्दै गर्दा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट दुईपटकसम्म संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि दुबै पटक उनि पराजित भइन्। निर्वाचनमा पराजीत भएपनि उनी सकृय रुपमा समाजसेवामा लागिरहेकी छन्।

    बौद्धिक, निर्भीक, निडर स्वच्छ छविकी प्रभावशाली नेतृको रूपमा कांग्रेस वृत्तमा परिचित उपाध्यायले महाधिवेशनमा सह–महामन्त्री पदमा दाबी गरेकी छन्। उनि निकट संस्थापन पक्षबाट उनि सह–महामन्त्रीको उम्मेदवार बन्ने लगभग टुंगो लागिसकेको छ।

    एजेण्डाहरु

    नेपाली कांग्रेसको सिद्धान्त र आर्दशलाई गन्तव्यमा पु¥याउने पहिलो प्राथमिकता रहेको उनले बताएकी छन्। नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारीलाई निर्णायक तहमा पु¥याउने उनको योजना छ।

    साथै उनले महिलाहरूलाई निर्णायक भूमिकामा पु¥याउने गरी नेतृत्वलाई दबाव दिन आफुले उम्मेदवारी दिने तयारी थालेको बताएकी छन्।

    राजनीति सुरुवात गर्दा देखि नै महिलाको आवाज बुलन्द पार्ने अभियानमा लागेकाले यो अभियानलाई अझ सशक्त बनाउन सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको उनको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार