Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री छाडेर महामन्त्री बन्ने खाणको चाहना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ। सो महाधिवेशनमा संस्थापन पक्षबाट ३ नेताले महामन्त्रीमा आकांक्षा देखाएका छन्।

प्रकाशसरण महत, एनपी साउद र बालकृष्ण खाणले महामन्त्रीमा उम्मेदवारी दिन चाहेको बताएका छन्। सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको छलफलमा खाणले आफूले दुई दशकभन्दा बढी केन्द्रीय कार्यसमितिमा बसेर काम गरेको र यसपटक महामन्त्रीमा उठ्न चाहेको बताए।

खाणले पार्टीमा महामन्त्रीको जिम्मेवारी पाउने अवस्थामा गृहमन्त्री छाडिदिने पनि जानकारी दिएका छन्। सरकारभन्दा बाहिर भएका नेताहरु मध्येबाट महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने दबाब देउवामाथि छ।

यस्तोमा खाणले आफूले गृहमन्त्री पद अर्को नेतालाई हस्तान्तरण गरेर भए पनि महामन्त्री बन्ने इच्छा देखाए। खाणले पहिलो प्राथमिकता र रोजाइ पार्टीको महामन्त्री नै भएको बताउँदै दुबै पदमा आफू नै हुनुपर्छ भन्ने नरहेको स्पष्ट पारेका छन्।

पार्टीका जिम्मेवारी पाए सरकारको जिम्मेवारी त्याग्ने उनको भनाई छ। यद्यपी खाणले देउवाले सोचेर विचार गरेर महामन्त्री छान्ने र उक्त निर्णयलाई आफूहरुले मान्ने बताएका छन्। आफूनिकट साथीहरुले महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077