Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महाधिवेशनका लागि कांग्रेसले जारी गर्‍यो ६ बुँदे आचारसंहिता, मतदानस्थलभित्र मोबाइल निषेध

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ ।

बुधबार कांग्रेस निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै आचारसंहिता बारे जानकारी दिएको हो ।

आचारसंहिता अन्तर्गत उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील गर्न सकिनेछ । तर, कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार-प्रसार गर्न पाइने छैन ।

यस्तै, भृकुटीमण्डपस्थित महाधिवेशनस्थल वरपरका ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न पाइने छैन । जारी आचारसंहिता अनुसार मतदानस्थलभित्र प्रवेश गर्ने प्रतिनिधिहरूले मोबाइलसमेत लैजान पाउने छैनन् ।

कांग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । यस्तै मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।

हेर्नुहोस् निर्वाचन समितिले जारी गरेको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077