Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: महामन्त्रीमा आफूलाई जिताउने आश्वासन पाएको खाँणको दाबी

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेस नेता बालकृष्ण खाँणले आफूलाई कार्यकर्ताहरुले महामन्त्री पदमा उठ्न आग्रह गरेको दाबी गरेका छन् ।

नेता खाँणले आफू महामन्त्री उठ्न देशभर रहेका कार्यकर्ताहरुले दबाब दिएको भन्दै भने,'मलाई देशभरिका साथीहरूले महामन्त्रीमा उठ्नुहोस्, हामी जिताउँछौं भन्नुभएको छ।’

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले कुन नेता कुन पदमा उठ्ने भन्ने तय हुने खाँणको भनाइ छ ।

यस्तै, फरक प्रसंगमा राष्ट्रियसभा निर्वाचनको प्रणालीलाई कांग्रेसले लागू गर्नुपर्ने धारणा राख्दै उनले भने, ‘नेतृत्व चयनको चुनावमा सबैभन्दा बढी मत ल्याउने सभापति, दोस्रो मत ल्याउने उपसभापति, तेस्रो मत ल्याउने महामन्त्री र चौथो मत ल्याउने सहमहामन्त्री बन्ने प्रणाली लागू गर्न सक्छौं।

यदी पार्टीमा कसैले पनि गुट नबनाएको खण्डमा योग्य र सक्षम मान्छे पछि पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077