Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बूढानीलकण्ठको छलफलमा आफूलाई नबोलाइएकोप्रति निधिले दिए यस्तो प्रतिक्रिया

    बूढानीलकण्ठको छलफलमा आफूलाई नबोलाइएकोप्रति निधिले दिए यस्तो प्रतिक्रिया

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महाधिवेशनको मिति नजिकिंदै जाँदा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि छान्न सकस परिरहेको छ । त्यसैले उनले आज आफ्नो (सस्थापन) टिमबाट कस–कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न आफ्नो गुटको बैठक बोलाएका छन् ।

    संस्थापन पक्षकै भएपनि आजको बैठकमा कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन । निधि आफै सभापतिमा लड्दैछन् । त्यसैले पनि उनलाई नबोलाइएको एक केन्द्रीय सदस्यले अनलाईन नेपाललाई जानकारी गराएका छन् ।



    उपसभापति निधिले पनि संस्थापन पक्षको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘अहिले म संस्थापनको टिममा छैन । मलाई नबोलाउनु ठीकै हो ।’ बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा देउवाले नेताहरूसँग परामर्श भइरहेको छ । तर, निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् ।



    १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् । देउवा समूहबाट उपसभापति बनेका निधिले देउवालाई आफूलाई अघि सार्न आग्रह गर्दै आएका छन् । तर, देउवाले उनलाई सोधीखोजी गर्न छाडेपछि निधिले आफू एक्लै प्रतिस्पर्धामा जाने तयारी अघि बढाएका छन् ।

    यता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् । चार जना शिर्ष नेताहरुलाई बाहिर राखेर दोस्रो तहका नेताहरुले सभापतिको उम्मेदवार छान्न बैठक बसिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार