Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक, ४,३१९ जना समेटिए (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । केन्द्रीय निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठले दिएको जानकारीअनुसार हालसम्म चार हजार ३१९ महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक भएको हो ।

यो सूचीमा अझै थप हुने समितिले जानकारी दिएको छ । सूचीमा भातृसंस्था, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूको संख्या उल्लेख गरिएको छैन ।

“हामीले प्रारम्भिक सूची सार्वजनिक गरेका हौँ, यसमा भातृ, शुभेच्छुक, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको संख्या समावेश गर्न बाँकी छ,” सदस्यसचिव श्रेष्ठले भने।

कांग्रेस महाधिवेशन यही शुक्रबारबाट सुरु हुँदैछ। महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिन नेताहरु दौडधुपमा व्यस्त भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077