Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भरुवा बन्दुकसहित एक युवक पक्राउ

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राई रहेका छन्।

घरमा अवैध रूपमा भरुवा बन्दुक राखेको गोप्य सूचनाको आधारमा राईलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

राईको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको गोली दुई थान र केप ८५ थान फेला परेको प्रहरीले जनाएको छ ।

राईविरुद्ध अवैध हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077